राेहितकाे पहिलाे अर्धसतकमा नेपाल बलियाे स्थितीमा

युएईविरुद्धको दोस्रो एक दिवशीय खेलमा युवा खेलाडी रोहित कुमार पौडेलले अर्धशतकीय पारी खेलेका छन । उनी एकदिवशिय क्रिकेटमा अर्धसतक बनाउने पहिलाे कान्छाे खेलाडी हुन ।

उनले ५४ बलमा ४ चौकाको सहयोगमा ५० रन पूरा गरेका हुन् ।

पाँच जना खेलाडी आउट भएपछि क्रिजमा आएका रोहितले आरिफ शेखसँग दरिलो साझेदारी पनि गरेका छन् । जुन, नेपाली एक दिवशीय क्रिकेटमा सबैभन्दा धेरै रनको साझेदारी हो । उनीहरूकाबीचमा ८२ रनकाे साझेदारी भएकाे थियाे ।

उनले अनिल कुमार शाह र ज्ञानेन्द्र मल्लले नेदरल्याण्ड्सविरुद्ध गरेको ५८ रनको साझेदारी र आजै ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीको ६१ रनको साझेदारीलाई पछि पारिसकेका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest