एकदिवशीयमा नेपालकाे उच्च स्काेर, युएइसामु २४३ रनकाे लक्ष्य

एक दिवशीय क्रिकेटमा सबैभन्दा धेरै रन बनाउँदै नेपालले युएई सामू २४३ रनको लक्ष्य दिएको छ ।

युएई भ्रमणमा रहेको नेपालले दोस्रो एकदिवशीय खेलमा टस जितेर ब्याटिङ गरेकाे नेपालले ५० ओभरमा नौ विकेट गुमाउँदै २४२ रन बनायो । यसअघि नेपालले नेदरल्याण्डविरुद्ध २१६ रन बनाएको थियो । नेपालका लागि यो खेल समग्रमा चौथो एक दिवशीय खेल हो । आज नेपालले एक दिवशीयमा सबैभन्दा धेरै रनको साझेदारी गर्याे ।

पहिलो विकेटका लागि ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले ६१ रनको साझेदारी गर्दै टिमलाई बलियो शुरुवात दिलाएका थिए । ज्ञानेन्द्रले ब्यक्तिगत ४४ रन बनाउनुभन्दा अघि विनोद भण्डारी २१ रन बनाउँदै आउट भए । त्यसपछि क्रिजमा आएका पारस खड्का, दिपेन्द्र सिंह ऐरी र पवन सर्राफले भने राम्रो खेल्न सकेनन् । पारसले २१ रन बनाए भने दिपेन्द्रले १० र पवनले ८ रन जोडे ।

त्यसपछि क्रिजमा आएका आरिफ शेख र रोहित कुमार पौडेलले नेपालको योगफलमा उत्कृष्ट योगदान गरे । उनीहरुले ८२ रनको पार्टनरसिप गरेपछि नेपाल बलियो स्थितीमा पुगेको थियो । आरिफ शेख २९ रन बनाएर आउट हुँदा नेपालले १९५ रन बनाएको थियो । त्यसपछि रोहित कुमार पौडेलले करियरकै पहिलो एक दिवशीय अर्धशतक बनाए ।

उनी अन्तर्राष्ट्रिय एक दिवशीयमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडी समेत बने । उनी अहिले १६ वर्ष चार महिना २४ दिनकामात्र भएका छन् । रोहितले ५५ रनको योगदान दिएर आउट भए । त्यसपछि करण केसीले ११ बलमा एक चौका र दुई छक्का प्रहार गर्दै १८ रन बनाए । अन्तिममा सन्दिप लामिछानेले पनि १० बलमा १४ रन जोडे । ब्लिङ तर्फ अमिर हयात र इमरान हैदरले तीन तीन विकेट लिए भने मोहम्मद नाभिद, जहुर खान र अश्फाक अहमेदले एक एक विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest