युएई विरुद्धकाे जितपछि नेपालले बनाएका रेकर्ड

अर्धशतक बनाउने कान्छा खेलाडीको कीर्तिमान

नेपालका ब्याट्सम्यान रोहितकुमार पौडेलले ५८ बलमा ५५ रन बनाउँदैं नयाँ इतिहास बनाएका छन् । १६ बर्ष १४६ दिनका रोहितले अन्र्तराष्ट्रिय क्रिकेटमा पहिलो अर्धशतक बनाउने युवा पुरुष खेलाडी बनेका हुन् । एकदिवसीय क्रिकेटमा शाहिद अफ्रिदीले श्रीलंकाविरुद्ध ३७ बलमै शतक बनाउँदा १६ वर्ष २१७ दिनका थिए । सन २०१८ को अगस्टमा एकदिवसीय क्रिकेटमा डेब्यु गर्दा रोहित विश्वको चौथो कान्छो उमेरका खेलाडी बनेका थिए ।

सबैभन्दा ठूलो योगफल

एक दिवशीय खेलमा नेपालले युएई विरुद्ध अहिलेसम्मकै सबैभन्दा ठूलो योगफल बनाएको छ । यसअघि नेदरल्याण्डविरुद्धको खेलमा २१६ रनको योगफल बनाएको नेपालले आज युएईविरुद्ध २४२ रन बनाउन सफल भयो ।

पहिलो विकेटका लागि सर्वाधिक साझेदारी

एक दिवशीय क्रिकेटमा नेपालले पहिलो विकेटका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो साझेदारी गरेको छ । यसअघि नेदरल्याण्ड्सविरुद्ध ज्ञानेन्द्र मल्ल र अनिल कुमार शाले ५८ रनको साझेदारी गरेका थिए ।

सर्वाधिक ठूलो साझेदारी

छैटौं विकेटका लागि रोहित कुमार पौडेल र आरिफ शेखले ८२ रनको पार्टरसिप गरेका थिए । यो पार्टनरसिप कुनै पनि विकेटका लागि नेपाली जोडीको एक दिवशीय खेलमा सर्वाधिक ठूलो हो ।


सोमपालको पाँच विकेट

सोमपाल कामी अन्तर्राष्ट्रिय एक दिवशीयमा पाँच विकेट लिने पहिलो नेपाली खेलाडी बनेका छन् । यसअघि नेदरल्याण्डविरुद्धको खेलमा पारस खड्काले चार विकेट लिएका थिए । सोमपालले एक दिवशीय विकेट संख्या ११ पु¥याएका छन् । आजको तीन विकेटसँगै सन्दिप लामिछानेको विकेट संख्या नौ पुगेको छ ।

 ठूलो अन्तरको जीत

युएईविरुद्ध निकालेको यो जित नेपालका लागि सबैभन्दा ठूलो अन्तरको एक दिवशीय जित हो । यसअघि नेपालले नेदरल्याण्डमाथि एक रनको जित निकालेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest