नेपालका सामु पहिलाे सिरीज जित्ने सुन्दर माैका

नेपाली क्रिकेट टिमले युएई विरुद्धको दोस्रो खेलमा जित निकाल्दा जुन किसिमले आधा दर्जन किर्तीमान बनाएको थियो, भोलीको खलमा जित निकालेमा अर्को किर्तीमान बनाउनेछ । त्यो हो, एकदिवसियमा पहिलो सिरीज जित्ने । पहिलो खेलमा ब्यहोरेको हारबाट पाठ सिक्दै दोस्रो खेलमा ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरेको नेपाल सोहि लयलाई कायम राख्दै एकदिवसीय सिरीज जित्ने दाउमा छ ।

अन्तराष्ट्रिय एकदिवसिय मान्यता पाएपछि दोस्रो सिरीज खेलेको नेपालको पहिलो खेलमा गरेको प्रदर्शनले निकै निरास मात्र बनाएन, टिमको ब्याटिङमा ठुलो आलोचना भयो । तीन विकेटले पराजित भएपछि दोस्रो खेलमा नेपालले आफ्नो कमजोरीलाई न्युनिकरण गर्दै नयाँ सेपमा मात्र देखिएन् ब्याट्सम्यानले एकदिवसिय खेलको उच्च स्कोर गर्न सफल भए । यतिमात्र होइन, यो खेलमा आधादर्जन किर्तीमान बने । जसले गर्दा टिमलाई अब अन्तिम खेलमा जित निकालेर सिरीज जित्दै नयाँ रेकर्ड बनाउने मौका रहेको छ । नेपालले अन्तिम खेल नयाँ पिचमा खेल्दैछ, जसका कारणपनि टिमको रणनिती केहि फरक हुनेछ ।

नेपालको टिमको सेटमा के हुने भनेरपनि खेल अगाडीमात्र थाहा हुने प्रशिक्षक र कप्तानले बताएका छन । टिमका ब्याटिङ कन्सल्ट्यान्ट उमेश पटवालले नेपाली टिममा अझैपनि निधै सुधार गर्नुपर्ने बताएका छन । साथै उनले नेपालको टिममा अझैपनि ओपनिङ जोडीमा अझैपनि समस्या रहेको बताए । जसले गर्दा टिमको प्रदर्शनमा नै असर परेको धारणा राखे । युएईपनि नेपाल विरुद्धको सिरीज जित्न निकै लालायीत छ । त्यसैले पनि उसले अन्तिम खेलमा जितको विकल्प छैन । यो सिरीज नेपालले जितेमा एकदिवसिय बरियतामा पनि सकारात्मक नतिजाका साथ प्रवेश गर्नेछ । जुन नेपाली क्रिकेट टिमका लागि राम्रो पक्ष हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest