भारतीय क्रिकेटर रायाडूमाथि बलिङ प्रतिबन्ध

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले भारतीय अलराउण्ड अम्बाती रायडूलाई बलिङ गर्न प्रतिबन्ध लगाएको छ । रायाडूलाई आफ्नो बलिङ एक्सन परीक्षण गराउनका लागि दिइएको १५ दिनको समयभित्र उपस्थित नभएपछि उनलाई प्रतिबन्ध लगाइएको हो । आईसीसी नियमावली अनुशार आफ्नो बलिङ एक्सन परीक्षण नगराएसम्मका लागि उनमाथि प्रतिबन्ध कायम रहनेछ । ३३ वर्षे रायाडूको बलिङ एक्सनमा शंका लागेपछि १० दिनअघि आईसीसीले परीक्षण गराउनका लागि बोलाएको थियो । तर उनले घरेलु क्रिकेटमा भने बलिङ गर्न पाउनेछन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest