न्यूजिल्याण्ड विरुद्दकाे सिरीज भारतकाे पक्षमा

दुई खेल अगावै भारतले न्यूजिल्याण्डविरुद्धको एक दिवसीय क्रिकेट सिरिज जितेको छ । विश्वकप अघि अन्तिम विदेश भ्रमणमा रहेको भारतीय क्रिकेट टिमले पाँच वटा एक दिवसीय सिरिज अन्र्तगत लगातार तीन खेलमा जित हात पार्दै सिरिज जितेको हो ।

माउन्ट माउनगाउनमा टस जितेर पहिले व्याटिङ गरेको घरेलु टोलि न्यूजिल्याण्डले ४९ ओभरका सबै विकेट गुमाएर २४३ रन बनाएको थियो ।

रस टेलरले सर्वाधिक ९३ रन बनाउँदा टम लाथमले ५१ रन बनाएका थिए । भारतका मोहमद शामीले ३ विकेट लिँदा भुवनेश्वर कुमार, युजबेन्द्र चहल र निलम्बन पछि टिममा फर्किएका हार्दिक पाण्ड्याले दुई दुई विकेट लिएका थिए ।

२४४ रनको लक्ष्य पछ्याएको भारतले ४३ ओभरमा ३ विकेट गुमाएर २४५ रन बनाएको थियो । भारतको जीतमा रोहित शर्माले ६२ रन बनाउँदा विराट कोहलीले ६० रनको योगदान गरे ।

अम्बाती रायडु ४० तथा दिनेश कार्तिक ३८ रनमा नट आउँट रहँदै खेल जीताउँदा ओपनर आएका शिखर धवन २८ रनमा आउट भएका थिए ।
न्यूजिल्याण्डका ट्रेन्ट बोल्टले २ विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest