नेपालले जित्याे पहिलाे अन्तराष्ट्रिय सिरीज

नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो एक दिवसीय सिरिज जीतेको छ । युएईविरुद्ध तीन एक दिवसीय सिरिज नेपालले २–१ ले आफ्नो पक्षमा पारेको हो । २५५ रनकाे लक्ष्य नेपालले ३२ बल बाँकी छदैं पुरा गरेकाे हाे ।

पहिले खेल हारको नेपालले लगातार २ खेल जीत्दै सिरिज हात पारेको हो । आईसीसीले ४ वर्षका लागि एक दिवसीय क्रिकेटको मान्यता दिएपछि दोस्रो सिरिज खेलेको नेपालले पहिलो उपाधि हात पार्न सफल भयो ।

२०१८ को अगष्टमा नेदरल्याण्ड्ससँग सिरिज बराबरी गरेको नेपालले युएईलाई उसकै मैदानमा तेस्रो तथा अन्तिम खेलमा ४ विकेटको जित निकाल्दै सिरिज जीतेको हो ।

नेपाललाई ऐतिहासिक सिरिज दिलाउन पारस खड्काले कप्तानी पालि खेलेका छन् । उनले शतकसहित ११५ रन बनाए । ओपनर व्याट्सम्यान विनोद भण्डारी आउट भएपछि क्रिजमा आएका कप्तान खड्काले ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, रोहित पौडेल र आरिफ शेखसँग गतिलो साझेदारी गर्दै शतक बनाएका थिए । आईसीसीले मान्यता दिएपछि पारसले पहिलो शतक बनाएका हुन् ।

नेपालका लागि सोमबार खेल जीताउन उपकप्तान ज्ञानेन्द्र मल्लले पनि उत्कृष्ट पारि खेले । ३५ बलको सामना गरेका मल्लले ४ चौकाको मद्दतले ३१ रन बनाए । ज्ञानेन्द्र आउट भएपछि मैदान आएका दीपेन्द्रसिंह ऐरी भने सोमबार पनि चल्न सकेनन् । उनी १५ बल खेल्दै ६ रन बनाएर पेभेलियन फर्किएका थिए ।

सोमबारमात्रै राष्ट्रिय टिममा डेब्यु गरेका युवा खेलाडी सन्दीप जोराले १९ रन बनाए । २० बल सामना गरेका उनले तेस्रो बलमै छक्का प्रहार गरेर युएईका बलरमाथि दबाव बनाएका थिए । जोराले एउटा चौका प्रहार गर्दै लगातार एक दुई रनमा स्ट्राइक रोटेट गरेका थिए । यसअघिको खेलमा अर्धशतक सहित ५५ रन बनाएका विश्वकै कम उमेरका खेलाडी रोहित पौडेलले सोमबार १६ रनको योगदान गरे । १९ बल खेलेका रोहितले एक चौकाको मद्दतले १६ रन बनाए ।

अन्तिममा खेल जिताउन सोमपाल कामी र आरिफ शेख नट आउट रहे । सोमपाल २६ रनमा नट आउट रहँदा आरिफ २१ रनमा नट आउट रहे ।
टस हारि पहिला ब्याटिङ गरेको घरेलु टोली युएईले निर्धारित ओभरमा ६ विकेट गुमाएर २५४ रन बनाएको थियो । २ रनमा २ विकेट लिएर सुरुमा नेपालले युएईमाथि दबाब दिए पनि मिडिल अर्डरका खेलाडीहरु टिकेर खेल्दा उसले सम्मानजनक स्कोर बनाएको थियो ।

गुलाम सब्बेर चिराग शुरीले तेस्रो विकेटका लागि ४५ रनको साझोदारी गर्दै युएईको इनिङ उकासेका थिए । युएईको स्कोर ४७ रन हुँदा कप्तान पारस र लेगस्पिनर सन्दिप लामिछानेले बलियो साझेदारी गरेका मोहमद उस्मान र गुलाम सब्बेरलाई आउट गरेका थिए । त्यसपछि फेरि युएईका चुन्दा रिजवान र साइमन अनवारले इनिङ सम्हाल्न सफल भए ।उनीहरुकाबीचमा १०० रनको साझेदारी भएपछि नेपाललाई खेलमा फर्कन केही अप्ठेरो भएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest