जाेन्टी डीपीएलमा अत्तरीयाकाे टिम हेर्ने

विश्व चर्चित दक्षिण अफ्रिकी  खेलाडी जोन्टी रोड्स धनगढी प्रिमियर लिगमा अत्तरियाको मेन्टर बनेकाे छन ।

दिपेन्द्र एेरी रणनितीक खेलाडी भएकाे अत्तरीयाले  राेड्सका सहायक भएर काम गरेका रायन मरुनलाइ प्रशिक्षक बनाएकाे छ । अत्तरीयाले साेसियल  साइटमा  राेड्स मेन्टर बनेकाे बताएकाे छ । रोड्सले आईपिएलमा मुम्बई इन्डियन्सको फिल्डिंग प्रशिक्षककाे रुपमा काम गरेका थिए ।

केहि साता अगाडी विशेष क्याम्पकालागि नेपाल आएका राेड्सलाइ टिममा  अनुबन्ध गरेपछि अत्तरीयाकाे मनाेबल बढेकाे छ । फिल्डिङका कारण म्यान अफ द सिरीज बन्ने एक्लाे खेलाडी  राेड्स विश्व क्रिकेटमा फिल्डिङमा रिभाेलुसन ल्याउने खेलाडीका रुपमा मानिन्छन । उनले  राष्ट्रिय  टिमबाट २४५ एकदिवसीय र ५२ टेस्ट खेलेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest