डीपीएलमा राेहन मुस्तफाले धनगढी स्टार्सबाट खेल्ने

युएईका नियमित कप्तान रोहन मुस्तफा धनगढी प्रिमियर लिगमा धनगढी स्टार्सबाट खेल्ने भएका छन । सोमपाल कामी रणनितीक खेलाडी रहेको धनगढीले रोहनलाई तेस्रो सिजनका लागि रोहनलाई अनुबन्ध गरेको छ ।

अघिल्लो सिजनपनि धनगढीबाट खेलेका रोहनलाई टिमले फेरी एकपटक अनुबन्ध गरेको छ । अघिल्लो सिजन म्यान अफ द सिरीज बनेका रोहनले पोखरा प्रिमियर लिगमा बुटवलबाट खेलेका थिए । सो टिमका कप्तान पनि सोमपाल कामी नै रहेका थिए ।

केहि साता अगाडी भएको एभरेष्ट प्रिमियर लिग खेलेका रोहन नेपालमा चौथो प्रतियोगिता खेल्ने भएका छन ।
हाल युएई क्रिकेट बोर्डको सस्पेन्सनमा रहेका रोहन नहुदा युएईले नेपाल विरुद्धको एकदिवसिय सिरीज दुई एकले गुमाएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest