२ बर्षमा बन्ला त चितवनमा क्रिकेट मैदान

धुर्मुस सुन्तली फाउण्डेशनले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला २ बर्षमा बनाइसक्ने लक्ष्यका साथ चितवनको भरतपुरमा निर्माण गर्ने जनाएको छ ।

हास्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेको फाउन्डेसनलेस रंगशाला भरतपुर महानगरपालिकाले उपलब्ध गराएको जग्गामा निर्माण गर्ने भएकाे छ । त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा भरतपुर–१६ मा रहेको कृषि तथा वन विश्वविद्यालयको जग्गामा रंगशाला निर्माण हुनेछ । डीपीआर तयार भएको २ वर्षभित्र निर्माण सम्पन्न हुने रंगशाला निर्माणको लागि ३ अर्ब लाग्नेछ । रंगशालाको डीपीआर ६ महिनाभित्र तयार हुने बताइएकाे छ ।

२० बिघाहा ६ कठ्ठा क्षेत्रफलमा निर्माण हुने रंगशाला २५ हजार दर्शक क्षमताको रंगशालामा ४ गेट रहने छ । मुख्य गेटको डिजाइन स्तुपा रहनेछ ।

रंगशालासंगै अभ्यासका लागि २ छुट्टै अभ्यास मैदान समेत हुनेछ । यस्तै क्रिकेट एकेडमीसहितको बन्न लागेको रंगशाला परिसरमा फुटबल, स्विमिङ, बास्केटबल, भलिबल, डण्डीबियो लगायतका खेलको मैदान समेत बन्नेछ ।

रंगशाला जनताको सहयोग (चन्दा) संकलन गरेर निर्माण गरिने फाउण्डेशनले जनाएको छ । यस रंगशाला बनाउन एस ट्राभल्सले सर्वाधिक ३ करोड, अल्का हस्पिटलबाट २५ लाख, रविराज सिंहले ११ लाख र मुक्तिनाथ विकास बैकले ५ लाख दिने घोषणा गरेको समेत छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest