भारतविरुद्धकाे एकदिवसीय खेलमा न्यूजिल्याण्ड ८ विकेटले विजयी

भारतविरुद्धकाे एकदिवसीय खेलमा न्यूजिल्याण्ड ८ विकेटले विजयी भएको छ । लगतार तीन खेलमा पराजित हुँदै यसअघि नै सिरिज गुमाएको न्यूजिल्याण्डले चौथो खेलमा जित निकाल्दै शृंखला ३–१ मा ल्याएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको भारत ३०.५ ओभरमा मात्र ९२ रन बनाएर अल आउट भयो । नियमित कप्तान विराट कोहली र महेन्द्रसिंह धोनीलाई बिश्राम दिएको भारतको कप्तानी रोहित शर्माले गरेका थिए ।

भारतकालागि नवौ विकेटका लागि कुलदीप यादब र युजबेन्द्र चाहलका बीचमा सर्वाधिक २५ रनको साझेदारी हुँदा शिखर धवन र रोहित शर्माकाबीचमा २१ रनको ओपनिङ साझोदारी भएको थियो । त्यसपछि कुनै पनि खेलाडीका बीचमा लामो साझेदारी नहुँदा भारत ९२ रनमा समेटिएको थियो । युजबेन्द्र चहलले १८ रनमा नट आउट रहँदा हार्दिक पाण्ड्याले १६, कुलदीप यादबले १५ तथा शिखर धवनले १३ रन बनाएका थिए ।

भारतले दिएको ९३ रनको सामान्य लक्ष्य न्यूजिल्याण्डले १४.४ ओभरमा २ विकेट गुमाएर पुरा गरेको थियो । घरेलु टोलीलाई जिताउन हेनरी निकोलस र रस टेलेरले ५४ रनको साझेदारी गरेका थिए । टेलर ३७ तथा निकोलस ३० रनमा नट आउट रहे । मार्टिन गुप्तिलले भुवनेश्वर कुमारको शुरुका तीन बलमा लगातार बाउन्ड्री प्रहार गर्दै १४ रन जोडेका थिए । तर चौथो बलमा हार्दिक पाण्ड्याको हातबाट क्याच आउट हुँदै पेभेलियन फर्किए । दोस्रो विकेटको रुपमा केन विलियम्सन आउट भए । उनलाई पनि भुवनेश्वर कुमारले व्यक्तिगत ११ रन बनाएकाबेला विकेट किपरको हातबाट आउट गराएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest