युएईविरुद्धकाे टी-२० मा नेपालका तीन खेलाडीकाे डेब्यु

युएईविरुद्धको एक दिवशीय सिरिज जितेको नेपालले आज टि–२० सिरिजको पहिलो खेल खेल्दैछ ।

दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा केही समयमा शुरु हुने खेलका लागि नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । नेपाली टिममा केही परिवर्तन भएको छ ।

आज अभिनाष बोहरा, रोहित कुमार पौडेल र सन्दिप जोराले राष्ट्रिय टि–२० टिममा डेब्यू गर्नेछन् । एक दिवशीय खेलेका विनोद भण्डारी, आरिफ शेख र पवन सर्राफ भने प्लेइङ इलेभेन परेका छैनन् । भिम शार्की पनि टिममा पर्न असफल भएका छन् ।

नेपालको पहिलो एघार यस्तो छ ।

पारस खड्का (कप्तान) ज्ञानेन्द्र मल्ल प्रदीप ऐरी दिपेन्द्र सिंह ऐरी रहित कुमार पौडेल सोमपाल कामी करण केसी सन्दिप लामिछाने बसन्त रेग्मी सन्दिप जोरा अविनाष बोहरा

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest