नेपालले युएइबाट १५४ रनकाे लक्ष्य पायाे

युएईविरुद्धको टि–२० सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले घरेलु टिमबाट १५४ रनकाे लक्ष्य पाएकाे छ ।

टस जितेर फल्डिङ रोजेको नेपालविरुद्ध युएईले २० ओभरमा ६ विकेट गुमाउँदै १५३ रन बनाएको थियो । युएईका लागि शैमान अनवरले सर्वाधिक ५९ रनको योगदान दिए । त्यस्तै मुहम्मद उस्मानले ३० रन जोडे । युएईले ३ रन बनाएको अवस्थामा सन्दिप लामिछानेले पहिलो विकेट लिएका थिए । अश्फाक अहमद २ रन बनाएर बसन्त रेग्मीको बलमा क्याचआउट भए ।

त्यसपछि पाँचौं ओभरमा सोमपाल कामीले गुलाम शाब्बरलाई सन्दिप जोराबाट क्याचआउट गराएका थिए । तेस्रो विकेटका रुपमा युएईका सिपी रिजवान आउट भए । उनीले बसन्त रेग्मीको बलमा प्रदीप ऐरीबाट क्याचआउट हुनपूर्व २२ रन बनाएका थिए । त्यसपछिको पार्टनरसिप भने बलियो बन्यो ।

मुहम्मद उश्मान र शैमान अनवरले ६१ रनको बलियो साझेदारी गर्दै युएईलाई एक सय रनको आँकडा पार गराए । सन्दिप लामिछानेले उश्मानलाई पारस खड्काबाट क्याचआउट गराएपछि सो पार्टनरसिप तोडिएको थियो । त्यसपछि शैमान पनि अविनाष बोहराको बलमा बोल्ड भए । युएईका लागि मोहमद बुताले अविजित २० रन बनाउँदा कप्तान मोहम्मद नाभिद बसन्त रेग्मीबो बलमा स्टम्प भए । ब्लिङतर्फ सन्दिप लामिछाने र बसन्त रेग्मीले दुई दुई विकेट लिए भने सोमपाल कामी र अविनाष बोहराले एक एक विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest