पहिलाे टी-२० खेलमा नेपाल पराजित

यूएईविरुद्धको पहिलो टी–२० क्रिकेटमा नेपाल २१ रनले पराजित गरेको छ । यूएईले दिएको १५४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर १३२ रन मात्रै बनाउन सक्यो ।

नेपालले सुरुआत भने राम्रो गर्न सकेन । पहिलो ओभरको पहिदो बलमै प्रदीप ऐरी आउट भएपछि नेपाल सुरुमै दबाबमा आयो । दोस्रो बिकेटको रुपमा ज्ञानेन्द्र मल्ल ७ रनमा आउट भएका थिए । दीपेन्द्रसिंह ऐरी पनि धेरैबेर टिक्न सकेनन् ।

उनी ४ रनमा आउट भए । ओपनिङका कप्तान पारस र सन्दीप जोराले नेपाली टिमलाई उकास्ने प्रयास गरे पनि पारस २५ रन बनाएर आउट भए ।पाँचौ खेलाडीको रुपमा मैदान आएका सन्दीप जोराले एक इनबाट उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतक बनाएपनि अन्य खेलाडीबाट साथ पाउन सकेनन् ।

सन्दीप जोरा ५३ रन बनाएर अन्तिमसम्म टिकेका थिए । रोहित पौडेल र करण केसी समान चार चार रनमा आउट भएपछि क्रिजमा आएका सोमपाल कामीले १९ बलमा २७ रन बनाउँदै आउट भए ।

टस हारेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाएको थियो । युएईका लागि शैमान अनवरले सर्वाधिक ५९ रनको योगदान दिए । त्यस्तै मुहम्मद उस्मानले ३० रन जोडे । युएईले ३ रन बनाएको अवस्थामा सन्दिप लामिछानेले पहिलो विकेट लिएका थिए । अश्फाक अहमद २ रन बनाएर बसन्त रेग्मीको बलमा क्याचआउट भए ।

त्यसपछि पाँचौं ओभरमा सोमपाल कामीले गुलाम शाब्बरलाई सन्दिप जोराबाट क्याचआउट गराएका थिए । तेस्रो विकेटका रुपमा युएईका सिपी रिजवान आउट भए । उनीले बसन्त रेग्मीको बलमा प्रदीप ऐरीबाट क्याचआउट हुनपूर्व २२ रन बनाएका थिए ।

त्यसपछिको पार्टनरसिप भने बलियो बन्यो । मुहम्मद उश्मान र शैमान अनवरले ६१ रनको बलियो साझेदारी गर्दै युएईलाई एक सय रनको आँकडा पार गराए । सन्दिप लामिछानेले उश्मानलाई पारस खड्काबाट क्याचआउट गराएपछि सो पार्टनरसिप तोडिएको थियो । त्यसपछि शैमान पनि अविनाष बोहराको बलमा बोल्ड भए । युएईका लागि मोहमद बुताले अविजित २० रन बनाउँदा कप्तान मोहम्मद नाभिद बसन्त रेग्मीकाे बलमा स्टम्प भए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest