जाेरा टी-२० मा अर्धसतक बनाउने कान्छाे खेलाडी बने

नेपाली युवा ब्याट्सम्यान सन्दिप जोरा टि–२० मा अर्धशतक बनाउने कान्छा खेलाडीको कीर्तिमान बनाउन सफल भएका छन् ।

टि–२० मा पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाउँदा सन्दिपले १७ वर्ष १०३ दिनका भएका छन् । उनले युएई विरुद्ध अविजित ५३ रन बनाएका थिए । यसको पुष्टि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले गरेको हो ।

युएईविरुद्धको सिरिज नेपाली युवा क्रिकेटरका लागि फलदायी बनेको छ ।

यसअघि एक दिवशीय खेलमा रोहित कुमार पौडेल अर्धशतक बनाउने सबैभन्दा कम उमेरका खेलाडी बनेका थिए । रोहितले पाकिस्तानी ब्याट्सम्यान शाहिद अफ्रिदीको कीर्तिमान तोडेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest