नेपालले पायाे १०७ रनकाे लक्ष्य

यूएईले नेपाललाई १०८ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युएई १९.२ ओभरमा अल आउट हुँदै १०७ रनमा समेटिएको थियो ।

नेपाललाई सस्तैमा समेट्न नेपालका अभिनास बोहराले सर्वाधिक तीन विकेट लिँदा सोमपाल कामी, करण केसी र सन्दिप लामिछानेले दुई दुई विकेट लिए । नेपालले आज ६ जना बलर लगाएको पवन शर्राफ र ललितनारायण राजबंशी भने विकेट विहीन बने ।

पहिलो ओभरको अन्तिम बलमा सोमपालले अस्फाक अहमदलाई आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए । सोमपाललेनै तेस्रो ओभरको तेस्रो बलमा गुलाम सबेरलाई पेभेलियन पठाउँदै नेपाललाई सुरुमै दुई विकेट दिलाए ।

सन्दिप लामिछानेले नेपाललाई तेस्रो र चौथो सफलता दिलाएका थिए । सन्दीप लामिछानेले छैटौं ओभरमा ब्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दीपले पाँचौ बलमा शैमान अनवरलाई आउट गरे । अनवर ११ बलमा १४ रन बनाएर खेलिलरहेका थिए । अन्तिम बलमा पनि सन्दिपले व्यक्तिगत दोस्रो विकेट हात पारे । दोस्रो विकेटको रुपमा मोहमद उस्मानलाई आउट गरेका थिए ।
करण केसीले नेपाललाई पाँचौ सफलता दिलाए ।

करणले १०.३ ओभरमा यूएईका मोहमद बोता आउट भएका छन् । बोता र सिपी रिजवानका बीचमा २४ रनको साझेदारी तोड्न सफल भए । बोता ११ रन बनाएर आउट भएका हुन् ।

छैटौं विकेटको रुपमा अभिनास बोहराले अमिर हायातलाई आउट गरेका थिए । अभिनास बोहराले सातौं सफलता दिलाएका थिए । १४.३ ओभरमा उनले मोहमद नाभिदलाई ज्ञानेन्द्र मल्लको हातबाट क्याच आउट गराएका हुन् ।

आठौं बिकेटको रुपमा नेपालले रन आउटको रुपमा हात पारेको थियो । यूएईका मोहमद सुल्तान ४ रन बनाएर रन आउट भए पछि नेपालले आठौं सफलता हात पारेको थियो । ललितनारायण राजबंशीको बलमा दीपेन्द्रसिंहले रन आउट गरे ।

आफ्नो स्पेलको अन्तिम ओभर लिएर आएका अभिनास बोहराले नेपाललाई नवौं सफलता दिलाएका छन् । उनले १८.२ ओभरमा ४४ रन बनाएर खेलिरहेका यूएईका ओपनर सिपी रिजवानलाई क्याच आउट गराए । अभिनासले योसँगै तीन विकेट लिन सफल भए । अन्तिम ओभर लिएर आएका करण केसीले जोहर खानलाई आउट गरेपछि यूएईको पारि १०७ रनमा समेटिएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest