नेपालसामु टी-२० काे उपाधि जित्ने माैका

नेपाली क्रिकेट टिमको टी २० को उपाधिका लागि भोली युएईसँग अन्तिम खेल खेल्दैछ । भोलीको फाइनल खेलमा राम्रो खेलेर उपाधि जित्ने कप्तान पारस खड्काले बताएका छन ।

एकै टुरमा दोहोरो उपाधि जितेर किर्तीमान बनाउने लक्ष्यमा रहेको नेपाली टिमका कप्तान पारस खड्काले फाइनल खेल जित्नका लागि दुबै टिम लालायित रहेको र राम्रो खेलेर फाइनल जित्ने लक्ष्यमा रहेको बताएका छन ।

नेपालले एकदिवसिय सिरीज जितेपछि टि २० सिरीजको पहिलो खेलमा २१ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ४ विकेटको जित निकालेको थियो । नेपालको जितमा दिपेन्द्र ऐरीले उत्कृष्ट पारी खेलेका थिए । भोलीको खेलमा नेपाली टिममा परिवर्तन हुन सक्ने संभावना देखिएको छ । विशेष गरि ओपनर जोडीमा प्रदिप ऐरीको स्थानमा विनोदलाई खेलाउन सक्नेछ ।

दुई खेलमा प्रदिप ऐरीले राम्रो खेल्न सकेका छैनन । जसका कारण विकेटकिपर ब्याट्सम्यान विनोदले मौका पाउन सक्नेछन । यस्तै फाइनलमा खेलमा भिम शार्कीको मौका पनि रहेको छ । दोस्रो खेलमा जित निकाल्दा नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेका थिए । जसलाई फाइनल खेलमा पनि कायम राख्न चाहन्छन । ब्याटिङमा देखिएको समस्या भने सुधार्न अझैपनि आवश्यक रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest