इंग्ल्याण्ड विरुद्दकाे टेष्ट सिरिज वेष्ट इण्डिजले जित्याे

दोस्रो टेष्टमा पनि इंग्ल्याण्ड विरुद्द वेष्ट इण्डिज १० विकेटले विजयी भएको छ । यो जितसँगै वेष्ट इण्डिजले सिरिजको एक खेल अगावै जित हासिल गरेको छ ।

पहिलो इनिङमा ३०६ रन बनाएर वेष्ट इण्डिजले ११९ रनको अग्रता बनाएको थियो । यस्तोमा दोस्रो इनिङ सुरु गरेको इंग्ल्याण्ड कुनै समय ३५/० को अवस्थामा थियो भने १३२ रनमा अलआउट भयो ।

सर भिभियन रिचर्डस रंगशाला एन्टिगुवामा केमर रोच र जेसन होल्डरले समान चार विकेट लिए पनि इंग्ल्याण्डको पारी धराशायी बनेको हो ।

मात्र १४ रनको लक्ष्य वेष्ट इण्डिजले बिना क्षति पूरा गर्यो । जोन च्याम्पबेलले छक्का प्रहार गर्दै टिमलाई तेस्रो दिन नै जित दिलाए ।

वेष्ट इण्डिजले सन् २००९ पछि पहिलो पटक इंग्ल्याण्डविरुद्धको सिरिज जितेको हो । घरेलु मैदानमा उसले बंगलादेश र जिम्बाबेबाहेक अन्य टिमलाई सन् २०१२ यता पहिलो पटक सिरिजमा हराएको हो ।

जेसन होल्डरको नेतृत्वमा रहेको शानदार टिमलाई फेब्रुअरी ९ देखि सुरु हुने तेस्रो टेष्ट जितेर ह्वाइटवासका लागि राम्रो अवसर छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest