नेपालकालागि अर्काै इतिहासकाे अवसर

यूएई विरुद्दकाे टी–२० सिरिजकाे उपाधि उचाल्ने लक्ष्यसहित नेपालले आज खेल्दैछ । आज यदि नेपालले जित निकालेमा अर्काे इतिहास बनाउने माैका रहेकाे छ ।

घरेलु मैदानमा नै एक दिवसीय सिरिज गुमाएको पीडा विर्सिएर युएइ टी–२० सिरिज जोगाउने ध्याउन्न हुने छ । नेपाली टिममा अहिले युवा खेलाडीहरुको बर्चश्व रहेको छ । यूएई टुरमा अनुभवी खेलाडी शरद भेषावकर विरामी परेका कारण खेल्नै गएनन् भने त्यहाँ पुगेका बसन्त रेग्मीको पनि प्रदर्शनबाट उत्साहित हुने ठाउँ छैन ।

त्यसैगरी नेपालले ओपनिङ र विकेट किपिङमा अपेक्षाकृत सफलता हात पारेको छैन् । एक दिवसीय क्रिकेटमा विकेट किपिङ र ओपनिङ गरेका विनोद भण्डारी टी –२० मा शुरुका दुई खेलमा टिममा पर्न सकेनन् ।

टी–२० मा ओपनिङ तथा विकेट किपरको भूमिकामा आएका प्रदीप ऐरी दुवै खेलमा चल्न नसके पछि उनी आइतबारको टिममा पर्ने सम्भावना न्यून रहेको छ । उनको ठाउँमा विनोद भण्डारीलाई नै खेलाउने योजना रहेको छ । यसैगरी बसन्त रेग्मीको खेल्ने सम्भावना पनि कम रहेको छ । एक दिवसीय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने विश्व कीर्तिमान राखेका रोहितकुमार पौडेल टी–२० को पहिलो खेलमा नचले पछि दोस्रो खेलमा बेन्चमै बस्न पुगे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest