अन्तिम खेल अगाडी मैदानमा बर्षा, खेल ढिलाे हुने

नेपाल र यूएईबीचको तेस्रो तथा निर्णायक टी–२० खेल बर्षाले प्रभाव पार्ने भएको छ । दिउँसो पौने ३ बजेदेखि शुरुहुनु पर्नेमा अहिले पानी परिरहेको छ ।

पानीका कारण खेल प्रभावित हुन सक्ने जनाइएको छ । दुवै टिमले एक एक खेल जितेकाले आजको नतिजाले उपाधिको छिनोफानो हुने छ ।

त्यहाँको मौसम विभागका अनुसार आज ठूलो पानी पर्ने सम्भावना छ । यदी बर्षाले खेल विथोलिएमा नेपालले एकदिवसीयपछि टी–२० सिरीज जित्ने अवसरमा धक्का लाग्नेछ ।

नेपाली टिममा आज एक परिवर्तन पक्का जस्तै छ । सुरुवाती दुई टी–२० मा फ्लप भएका प्रदीप ऐरीको स्थानमा विनोद भण्डारीलाई खेलाउने संभावना रहेको छ । यस्तै आज भीम शार्कीलाई पनि मौका दिन संभावना रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest