नेपाल टी-२० बरियतामा चार देश भन्दा अगाडी

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सोमबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १४ औं स्थानमा छ । \

नेपालले टी–२० वरियतामा आयरल्याण्ड, ओमन, हङकङ, युएईलाई पछि पारेको हो । यूएईविरुद्धको टि–२० र एकदिवसीय सिरिज जितेको थियो ।

त्यही नतिजाका आधारमा ४ टिमलाई पछि पार्न सफल नेपालले टी–२० वरियतामा ४३ रेटिङ पाएको छ । एकदिवसीयमा भने नेपाल १५औं स्थानमा यथावत छ । १४ औं स्थानमा रहेको यूएईसँग समान १५ रेटिङ भए पनि प्वाइन्ट्सका आधारमा नेपाल पछि परेको हो ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest