आईसीसी प्रतिनिधीले गरे कीर्तिपुर र मुलपानी मैदानकाे जाँच

काठमाडौं – एकदिवसिय मान्यता पाएपछि नेपालले पनि घरेलु मैदानमा सिरिजकाे आयोजना गर्नकालागि चासाे दिइरहेकाे छ । तर क्रिकेटकाे आधिकारिक निकाय क्यान निलम्बनमा रहेकाे छ भने एकमात्र अन्तर्राष्ट्रिय स्थर भनिएकाे कीर्तिपुर मैदान पुननिर्माण गर्नुपर्ने अवस्था छ ।

पछिल्लाेपटक युएइ विरूद्द एकदिवसिय र टी-२० सिरिज जितेपछि त नेपालमा विदेशी टिमलाइ ल्याएर खेल्नपाउ भन्ने चाहना खेलाडीकाे पनि बढेकाे छ । यसै विचमा अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का प्रतिनिधि मैदानकाे निरीक्षणकालागि नेपाल आएका छन ।

एकदिवसीय प्रतियोगिता खेलाउन योग्य छ की छैन भनेर जाँच गर्नकालागि आईसीसीका प्रतिनिधि एण्डी अड्किङसले कीर्तिपुर मैदानका साथै मुलपानीकाे मैदानकाे पनि निरीक्षण गरेका छन । मंगलबार विहान कीर्तिपुरकाे पिच र मैदानकाे बाहिरी भागकाे अवलाेकन गरेका उनले दिउसाे मुलपानीकाे मैदान निरिक्षण गरेकाे थिए ।

उनले मैदानकाे अवस्थाका बारेमा आईसीसीमा रिपोर्ट बुझाउनेछन । हरेक चार बर्षमा मैदानकाे पिचकाे मर्मत गर्नुपर्ने बेलामा कीर्तपुर मैदानकाे पिच ८ बर्षसम्म पनि चलाइएकाे छैन । जसका कारण यसकाे गुणस्तर खस्सिएकाे छ ।

यदि याे मैदान समयमा नै तयार भयाे भने सन् २०१९ को मध्यतिर नेपालमा अन्तर्राष्ट्रिय सिरिज हुने संभावना रहेकाे छ । यसै विच खेलकुद मन्त्री जगत विश्वकर्माले कीर्तिपुरकाे मैदान मर्मतकालागि मन्त्रालयले नै ताकेता गर्ने बताएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest