डीपीएल टिम काठमाडाैंकाे मुख्य प्रायाेजक इस्लिङटन कलेज

धनगढी प्रिमियर लिगको तेस्रो संस्करणमा काठमाडौं गोल्डेन्सले मुख्य प्रायाेजकका रूपमा इस्लिङटन कलेजलाइ पाएकाे छ । यसका साथै टिमले विदेशी खेलाडीपनि सार्वजनिक गरेकाे छ।

जसमा टिमले भारतीय खेलाडी गौरव तोमर र अलराउन्डर अंकित दबास अनुबन्ध गरेकाे छ । शनिबारबाट सुरू हुने डीपीएलमा सहभागिता जनाउने टिमकाे विदाइ कार्यक्रममा काठमाडाैंले भारतीय खेलाडीलाइपनि सार्वजनिक गरेकाे हाे । जसमा दुबै खेलाडीले याे प्रतियाेगिताकालागि तीन हजार ५ सय डलर पाउने भएका छन ।

तमाेर पछिल्लो पटक पोखरा प्रिमियर लिग र एभरेस्ट प्रिमियर लिग खेलेका थिए । जसमा पीपीएलमा मा काठमाडौं रोयल्सबाट र इपीएल ललितपुर प्याट्रीयट्सबाट खेलेका थिए ।

यस्तै अंकितले एयर इन्डिया टिमबाट खेल्नुका साथै झारखण्डबाट पनि खेलेका छन । काठमाडाैंकाे मुख्य प्रायाेजक इस्लिङटन कलेज रहेकाे छ भने सहप्रायाेजकमा एड्भान्स इन्जिनियरिङ कलेज र कस्मस कलेज छन ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडाैं गतवर्ष उपविजेता बनेकाे थियाे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest