डीपीएलकाे पुरस्कार राशीमा बृद्धि, विजेताले ३० लाख पाउँने

धनगढी प्रिमियर लिगको विजेताले यसपटक ३० लाख रुपैयाँ पाउने भएको छ । अघिल्लो संस्करणको भन्दा ५ लाख रुपैयाँ बढाएर डीपीएलका आयोजकले विजेताको पुरस्कार रकम ३० लाख पुर्याइएको छ ।

डिपीएलका आयोजकले पनि आफ्नो पुरस्कार रकममा विजेतालाई ३० लाख र उपविजेतालाई १२ लाख रुपैयाँ दिने भएको छ ।

६ टिमको सहभागिता रहेको प्रतियोगिताको गत संस्करणको विजेताले २५ लाख र उपविजेताले १० लाख रुपैयाँ पाएका थिए । यसका साथै उत्कृष्ट खेलाडीले मोटरसाइकल पाएको थियो । उत्कृष्ट खेलाडीको पुरस्कार यथावत रहेको छ ।

पछिल्लो पटक पोखरा प्रिमियर लिगको विजेताले २७ लाख, एभरेष्ट प्रिमियर लिगको विजेताले २५ लाख रुपैयाँ पाएका थिए । यसअघि सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा भएको प्रतियोगिता यसपटक फाप्ला मैदानमा नै हुनेछ ।

शनिबारबाट हुने प्रतियोगिताका लागि टिमहरु धनगढी जानेक्रम सुरु भएको छ । तीन करोड भन्दा बढी रकम बजेट रहेको प्रतियोगिता यसपटक महोत्सवका रुपमा गर्ने आयोजकको तयारी छ । जसकालागि मैदानको तयारी लगभग पुरा भएको छ । यसपटक मैदानमा फुटस्टलहरु पनि राख्ने बताइएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest