न्युजिल्यान्डविरूद्द भारतकाे लज्जास्पद हार

न्युजिल्यान्डविरूद्दकाे पहिलो खेलमा भारत ८० रनले पराजित भएकाे छ । 

टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे घरेलु टोली न्युजिल्यान्डले २० ओभरमा ६ विकेट गुमाउदै २ सय १९ रन बनाएको थियो । उसका लागि ओपनर टिम सिफर्टले ८४ रन बनाए भने कोलिन मुनरो र कप्तान केन विलियम्सनले समान ३४-३४ रन जोडे । यस्तै स्कर्ट कुग्गेलेइजन २० रनमा अविजित रहे । भारतका लागि हार्दिक पान्ड्याले २ विकेट लिए ।

जवाफमा भारत ४ बल बाँकी रहँदा १ सय ३९ रनमा अल आउट भयो । उसका लागि महेन्द्रसिंह धोनीले सर्वाधिक ३९ रन बनाए । शिखर धवन २९,विजय शंकर २७, क्रुनाल पान्ड्याले २० रन बनाएपनि बाँकि खेलाडी सस्तैमा बाहिरीए । भारतलाई सस्तैमा रोक्न तिब्र गतिका बलर टिम साउदीले ३ विकेट लिए । त्यस्तै मिचेल सेन्टनर,इश सोधी र लोकी फर्ग्यूसनको नाममा पनि समान २ विकेट लिए । दोस्रो खेल आगमी शुक्रबार हुने छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest