पहिलाे अन्तर्राष्ट्रिय सिरिज जितेका दृष्टिबिहिन महिला क्रिकेटर स्वदेश फर्किए

पाकिस्तानविरुद्ध भएको अन्तर्राष्ट्रिय नेत्रहीन महिला क्रिकेट उपाधि जितेको नेपाली नेत्रहीन महिला क्रिकेट टिम स्वदेश फिर्ता भएको छ ।

नेपाली क्रिकेटटिमलाई स्वागत गर्न राखेपका सदस्यसचिव केशवकुमार विष्ट विमानस्थल पुगेका थिए ।

त्यहाँ स्वागत गरिए पछि नेपाली नेत्रहीन महिला क्रिकेट टिमलाई युवा तथा खेलकूद मन्त्रालयमा विशेष समारोहकाबीच आजै सम्मान गरिने छ ।

पहिलो अन्तर्राष्ट्रिय सहभागितामै नेपाली नेत्रहीन महिला क्रिकेट टिमले पाकिस्तानविरुद्धको पाँच खेलको सिरिज ४–१ ले जितेको थियो । सवै खेलमा गरि नेपालले एक मात्र विकेट गुमाउँदै ऐतिहासिक सफलता हात पारेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest