सन्दिपकाे बिग बास लिगमा कमब्याक खेल

नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम मेलबर्न स्टार्सले बिग बास लिगमा अाज ब्रिसबेन हिटसंग प्रतिस्पर्धा गर्दैछ ।

ब्रिसबेनमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३:२५ बजे सुरु हुनेछ । ब्रिसबेनविरुद्ध मैदान उत्रदा मेलबर्न स्टार्स जित निकाल्दै प्ले अफमा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ । सन्दीपको टिम मेलबर्न १२ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

ब्रिसबेनविरुद्धको खेलमा नेपाली टोलीका युवा लेग स्पिनर सन्दीप टिममा पर्ने सम्भावना बलियो रहेको छ । सन्दीप युएईविरुद्धको एकदिवसीय र टी-ट्वान्टी सिरिज खेलेर अष्ट्रेलिया पुगिसकेका छन् ।

सन्दीपले बिग बासको ४ खेलमा ८ विकेट लिन सफल भएका थिए । त्यसपछि सन्दीप बंगलादेश प्रिमियर लिग खेल्न बंगलादेश आएका थिए । जसमा उनले ६ खेलमा ४ विकेट लिन सफल भएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest