डीपीएलकाे उद्घाटन खेल प्रभावित हुने संभावना

धनगढी प्रिमियर लिगको उद्घाटन खेल मैदानका कारण प्रभावित हुने भएको छ । पश्चिमी बायुका कारण धनगढीमा परेको बर्षाका कारण मैदान गिलो भएको र पिच पनि भिजेकाले पहिलो दिन खेल हुने संभावना निकै न्युन रहेको छ ।

धनगढीको बोडाडाडी स्थित फाप्ला मैदानमा यसपटकको डीपीएल हुने भएको छ । तर लगातारको बर्षा कारण मैदान भिजेको र पिच पनि गिलो भएकाले पहिलो दिनको खेल नहुने जस्तै भएको छ । डीपीएलका आयोजकले आज ट्रफि सार्वजनिक कार्यक्रममा मैदानको अवस्थाका कारण उद्घाटन खेल हुने नहुेन एकिन भन्न नसक्ने अवस्था रहेको बताएका छन ।

भोलीबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा विराटनगर र धनगढी विच प्रतिस्पर्धा हुनेछ । यदि भोलीको दिन खेल नभएमा प्रतियोगिता एकदिन पछाडी धकेलिने छ । विराटनगरको कप्तान करण केसी रहेका छन भने धनगढी स्टार्सको रणनितीक खेलाडी सोमपाल कामी छन ।

यसैविच धनगढी प्रिमियर लिग क्रिकेट प्रतियोगितामा सहभागि विदेशी खेलाडीकाे श्रम ईजाजत अर्को सिजनबाट मात्र लागु हुने भएको छ । श्रम तथा रोजगार मन्त्रालयले विदेशी क्रिकेट खेलाडीलाई घरेलु क्रिकेट प्रतियोगितामा खेल्न अनिवार्य श्रम ईजाजतको निर्देशन जारी गरेको थियो ।

डीपीएलका आयोजक सुबास शाहीले अन्तिम समयमा आएर श्रम मन्त्रालयको निर्देशन कार्यान्वयन गर्न नसकिने बताएका छन् ।

‘क्रिकेटलाई विकेन्द्रिकरण र प्रवद्र्वन गर्ने उद्वश्यले विदेशी खेलाडीलाई प्रतियोगितामा सहभागि गराएका छौ ।’ उनले भने, ‘यसमा व्यवसायीक उद्वेश्य भन्दा पनि क्रिकेटको विकास र विस्तारको उद्वेश्य जोडिएको छ । त्यही अनुसार खेलाडीलाई मनाएर प्रतियोगितामा सहभागि गराएका छौ ।’

सरकारले विदेशी खेलाडीमा अनिवार्य गरेको श्रम ईजाजतमा आफुले सक्दो सहयोग गर्ने बताउँदै अध्यक्ष शाहीले प्रतियोगिताका अन्तिम समयमा आएर यस सिजन कार्यान्वय गर्न नसकिएको बताए ।

सरकारले विदेशी क्रिकेटरलाई अनिवार्य श्रम स्विकृती लिन निर्देशन जारी गर्दै युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद राखेप लगायतमा पत्राचार गरेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest