धनगढी प्रिमियर लिग डीपीएलको ट्रफि सार्वजनिक

धनगढी प्रिमियर लिग डीपीएलको ट्रफि सार्वजनिक गरिएको छ ।

अघिल्लो संस्करणको विजेताले पाएको जस्तै यसपटकको विजेताले पनि ट्रफि उचाल्नेछ । धनगढीमा आयोजना गरिएको ट्रफि सार्वजनिक कार्यक्रममा दक्षिण अफ्रिकी पूर्व खेलाडी तथा प्रतियोगिताका सदभावना दुत जोन्टी रोड्स र छ वटै टिमका प्रतिनिधीले ट्रफि सार्वजनिक गरेका हुन ।

सुनको जलप लगाइएको यो ट्रफि यसअघि घरेलु टिम टिम चौराहा धनगढीले दुई पटक उचालेको थियो । तेस्रो संस्करणको यो ट्रफि कसले जित्छ भन्नेमा सबैलाई कौतुहल रहेको छ । प्रतियोगिताका लागि सबै टिम धनगढी पुग्नेक्रम सुरू भएकाे छ । प्रतियोगिता भोलीबाट सुरु हुँदैछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest