न्यूजिल्याण्ड विरूद्द भारत ७ विकेटले विजयी

न्यूजिल्याण्डविरुद्धको दोस्रो टी–२० क्रिकेटमा भारत ७ विकेटले विजयी भएको छ । जितपछि भारतले तीन खेलकाे श्रृखंलामा एक एककाे बराबरी गरेकाे छ ।

टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित ओभरमा ८ विकेट गुमाएर १५८ रन ब नाएको थियो । न्यूजिल्याण्डका कोलिन ग्राण्डहोमले अर्धशतकीय परि खेल्दा रस टेलरले ४२ रन बनाएका थिए । भारतका कुर्नाल पाण्ड्याले ३ तथा खलिल अहमदले २ विकेट लिएका थिए ।

जवाफमा भारतले ७ बल बाँकी हुँदा लक्ष्य पुरा गर्याे । भारतको जितमा रिषभ पन्त ४० तथा महेन्द्रसिंह धोनी २० रनमा नट आउट रहे । रोहित शर्मा र शिखर धवनले ७९ रनको ओपनिङ साझेदारी गर्दै वलियो शुरुआत दिलाएका थिए । अर्धशतक बनाउँदा रोहित शर्मा आउट भए पछि ३० रन जोडेका शिखर धवन पनि पेभेलियन फर्किदा भरतले खातामा ८८ रन जोडेको थियो ।

 

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest