सन्दिप महंगाे भएकाे खेलमा मेलबर्न १० विकेटले पराजित

बिग बास लिगमा नेपाल बलर सन्दिप लामिछाने कमब्याक खेलमा महंगो बनेका छन । टिमले दिएको एक सय ५७ रनको लक्ष्य डिफेन्ड गर्ने क्रममा उसको टिम १० विकेटले पराजित भयो ।

बलिङमा सन्दिपले दुई ओभरमा २८ रन दिएका छन । टिमको आठौं ओभर लिएर आएका उनले पहिलो ओभरमा आठ रन मात्र दिएका थिए । तर ब्यक्तिगत दोस्रो ओभरमा २० रन खर्चिए । जसमा उनले तीन छक्का खाए ।

मेलबर्न विरुद्धको खेलमा ब्रिसबेनले १० ओभरमा लक्ष्य पुरा गर्यो । यसअघि मेलबर्नले २० ओभरमा एक सय ५६ रन बनाएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest