पूर्व कप्तान अग्रवाल डीपीएलको उद्‌घाटनमा सम्मानित

धनगढी – धनगढी प्रिमियर लिगको उद्‌घाटन आज भएकाे छ । दुइ दिनअघि सुदूरपश्चिममा भएको भारी वर्षातका कारण मैदानमा हुनु पर्ने उद्‌घाटन एक होटलमा गरिएकाे हाे ।

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रतियोगिताको उद्घाटन गर्दै क्रिकेटमा याेगदान पुर्याएका दुई पूर्व खेलाडीहरुलाइ सम्मानपनि गरिएकाे छ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व खेलाडी तथा कप्तान पवन अग्रवाल र सुनोज भट्टराई सम्मानित भएका छन । राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रिकेट खेलबाट नेपाललाई पुर्याएको योगदानको कदर गर्दै पवन अग्रतवाललाई धनगढी क्रिकेटले सम्मान गरेको हो । उनले सम्मान स्वरूप पाएकाे एक लाख रूपैयाँ फाप्ला मैदानकाे निर्माणका लागि सहयाेग गरेका छन ।

पछिल्लो पटक अग्रवाल क्यानको विवाद समाधानका लागि गठन भएको सल्लाहकार समितीका सदस्य पनि थिए ।

यस्तै अर्जुन खड्का स्मृती अवार्डबाट सुनोज भट्टराईलाई सम्मान गरियाे । उनले पनि एक लाख रुपैयाँ पाए । खड्का नेपाली क्रिकेटमा दोस्रो प्रशिक्षक हुन । पहिलो पटक नेपाली क्रिकेट टिम मलेसियामा खेल्न जाँदा उनी सहायक प्रशिक्षक थिए । यसअघि गत संस्करणमा सम्मानित भएका अरुण अर्याल पहिलो प्रशिक्षक थिए ।

डीपीएल आयोजकले क्रिकेटका दुई ब्यक्तित्वलाई सम्मान गर्न लागेको यो दोस्रो पटक हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest