आईसीसी महिला टी–२० विश्वकपकाे छनाेट चरण खेल्ने

नेपाली महिला क्रिकेट टिमले थाइल्याण्डमा आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको एसियन रिजन क्वालिफायर खेल्ने भएको छ । प्रतियोगिता आगामी १८ देखि २७ तारिखसम्म हुँदैछ ।

एसियन रिजन क्वालीफायरमा नेपाल सहित थाइल्याण्ड, हङकङ, यूएई, कुवेत, चीन र मलेसियाले प्रतिस्पर्धा गर्न लागेका हुन् । प्रतियोगिताको विजेता देशले विश्वकप छनोटको ग्लोबल क्वालिफायर राउण्डमा स्थान बनाउने छ ।

नेपाली महिला टिम हालै थाइल्याण्डमा एमो टी–२० स्म्यासमा समूह चरण र सेमिफाइनलसम्म उत्कृष्ट प्रदर्शन गरेको थियो । तर फाइनलमा थाइल्याण्डसँग पराजित भएको नेपाल उपविजेता बनेको थियो ।

नेपाली महिला टिमले १९ फेब्रुअरीमा मलेसियासँग प्रतिस्पर्धा गर्ने छ । यस्तै २१ तारिखमा थाइल्याण्डसँग प्रतिस्पर्धा गर्ने नेपालले भोलिपल्ट यूएईसँग खेल्ने छ ।  २४ तारिखमा हङकङसँग खेलेको नेपालले २५ तारिखमा कुवेतसँग खेल्ने छ । समूह चरणको अन्तिम खेलमा नेपालले २७ तारिखमा कुवेतसँग प्रतिस्पर्धा गर्ने छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest