सिड्नी विरूद्द सन्दिप टिममा

बिग ब्यास लिगमा सन्दिप लामिछानेको टिम मेलबर्न स्टार्सले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ ।

मेलबर्न क्रिकेट मैदानमा ब्याट फ्लिप गरेर सिड्नीले पहिले बलिङ रोजेको छ । आजको खेलमा पनि सन्दिप लामिछाने टिममा परेका छन ।

ब्रिसबेनसँग १० विकेटले पराजित भएकाे मेलबर्न तालिकाकाे छैटाैं स्थानमा रहेकाे छ । मेल्बर्न स्टार्सले हालसम्म कुल १३ खेल खेलेको छ, जसमा ६ खेलमा जित र ७ खेलमा हार बेहोरेको छ ।

करीव एक महिनाकाे ग्यापपछि कमब्याक गरेका नेपाली बलर सन्दिपले कमब्याक खेलका रूपमा ब्रिसबेन विरूद्द मात्र  २ अाेभरमा २८ रन दिएका थिए । उनले ५ खेलमा अहिलेसम्म ८ विकेट लिएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest