सन्दिपले तीन विकेट लिदा मेलबर्न बिग ब्यासकाे प्लेअफमा

सन्दिप लामिछानेको कसिलो बलिङका कारण मेलबर्न स्टार्स विग ब्यास लिगको प्लेअफमा पुगेको छ । आज भएको खेलमा मेलबर्नले सिड्नै सिक्सर्सलाई ९४ रनले हरायो ।

मेलबर्न क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिमले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ६८ रन बनायो । २१ रनमा पहिलो विकेट गुमाएको उसले ४९ रनमा दोस्रो विकेट खेर फाल्यो । उसका ओपनर ब्रायन डुंक मात्र एक रनमा आउट भए भने मार्कुस स्टोनीस ३४ रनमा पेभेलियन फर्किए । त्यसपछि पिटर ह्यान्ड्सकोबपनि ३५ रनमा आउट भए । उसका कप्तान ग्लेन म्याक्सवेलले अर्धसतकिए पारी खेले । उनले ४३ बलमा चार चौका र छ छक्का सहित ८२ रन बनाए । यस्तै निक माडिन्सनले १३ रन थपे ।

जवाफमा सिड्नी १३ ओभर चार बलमा मात्र ७४ रनमा अलआउट भयो । उसलाई कम स्कोरमा रोक्न नेपाली बलर सन्दिप लामिछानेले कसिलो बलिङ गर्दै तीन विकेट लिए । उनले तीन ओभर चार बलमा मात्र ११ रन खर्चिएर तीन विकेट हात पारे । सन्दिपले कुरनलाई १०, डारसुइस सात र नाथन लियोनलाई शुन्य रनमा नै पेभेलियन फर्कए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest