काठमाडाैंले धनगढीबाट पायाे १३३ रनकाे लक्ष्य

धनगढी प्रिमियर लिगको पहिलो खेलमा धनगढी स्टार्सले काठमाडौं किंग्सलाई एक सय ३३ रनको लक्ष्य दिएको छ ।

धनगढी स्थित फाप्ला मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको धनगढीले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ३२ रन बनायो ।
गतिलो सुरुवात गर्न नसकेको धनगढीको स्कोरबोर्डमा मात्र एक रन हुँदा ओपनर रोहन मुस्तफा खाता खोल्न नपाउँदै रनआउट भए । त्यसपछि अर्को ओपनर सुनील धमला मात्र तीन रनमा पेभेलियन फर्किदा धनगढीले ६ रनमा दुई विकेट गुमायो ।

तेस्रो विकेटकालागि अमित श्रेष्ठ र रन्दिप रजाली विच अर्धसतकिए साझेदारी हुँदा धनगढीको टिम केहि सम्हालिएको थियो । तर सन्दिप २८ रनमा ललित राजवंशीको बलमा आउट भएपछि घरेलु टिमले ५८ रनमा तेस्रो विकेट गुमायो । त्यसछि क्रिजमा आएका पवन सराफ पनि मात्र १९ रनमा आउट भएपछि एक सय एक रनमा चौथो विकेट खेर फाल्यो ।

त्यसपछि उसको स्कोर एक सय १५ रन हुँदा अर्धसतक बनाएका अमित श्रेष्ठ पेभेलियन फर्किए । उनी यो सिजनको डिपीएलको पहिलो खेलमा नै अर्धसतक बनाउन सफल भए । अन्तिम ओभरमा सौरभ खनालले १७ रन बनाउदै धनगढीको स्कोरलाई बलियो बनाए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest