अत्तरीयाद्वारा धनगढीलाई ९६ रनको लक्ष्य

धनगढी प्रिमियर लिगमा सिवाइसी अत्तरीयाले धनगढी स्टार्सलाई ९६ रनको लक्ष्य दिएको छ ।

फाप्ला क्रिकेट मैदानमा अत्तरीयाले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको अत्तरीयाले २० ओभरमा ५ विकेट गुमाउदै ९५ रन बनायो । मध्यम सुरुवात गर्दै पहिलो विकेटका लागि २६ रनको साझेदारी गरेको थियो ।

तर सुविन्धु पाण्डे मात्र तीन रनमा आउट भएपछि उसले पहिलो विकेट गुमायो । त्यसको लगत्तै अर्का ओपनर जयकिशन कोल्सावाला ब्यक्तिगत २१ रनमा आउट हुँदा अत्तरीयाले २७ रनमा दोस्रो विकेट खेर फाल्यो । कप्तान दिपेन्द्र ऐरी पनि धेरै बेर क्रिजमा टिक्न सकेनन् । उनी ११ रनमा पेभेलियन फर्किदा अत्तरीयाको स्कोर ४५ रन थियो ।

उसले स्कोरबोर्डमा अरु २० रन थप्दा थप दुई विकेट गुमायो । प्रेम तामाङ १२ रनमा आउट भए भने सन्दिप जोरा मात्र दुई रनमा पेभेलियन फर्किए । अत्तरीयाका लागि सन्नी पटेलले अविजीत ३५ रनको योगदान गरे । बलिङमा धनगढीका राहेन मुस्तफाले दुई तथा सोमपाल कामी, अमिर हायात र विपीन खत्रीले एक एक विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest