धनगढीकाे लगातार दाेस्राे हार, अत्तरीया ५ रनले विजयी

धनगढी प्रिमियर लिगमा घरेलु टिम धनगढी स्टार्स अत्तरीयासँग ५रनले पराजित हुन पुग्यो । प्रतियाेगितामा धनगढीकाे लगातार दाेस्राे हार ब्यहाेरेकाे छ ।

फाप्ला क्रिकेट मैदानमा अत्तरीयाले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको अत्तरीयाले २० ओभरमा ५ विकेट गुमाउदै ९५ रन बनायो । मध्यम सुरुवात गर्दै पहिलो विकेटका लागि २६ रनको साझेदारी गरेको थियो । उसका लागि जयकिशन कोल्सावाला २१ रन कप्तान दिपेन्द्र ऐरी ११ रन, प्रेम तामाङ १२ रनमा आउट भए भने सन्दिप जोरा मात्र दुई रनमा पेभेलियन फर्किए ।

अत्तरीयाका लागि सन्नी पटेलले अविजीत ३५ रनको योगदान गरे । बलिङमा धनगढीका राहेन मुस्तफाले दुई तथा सोमपाल कामी, अमिर हायात र विपीन खत्रीले एक एक विकेट लिए ।

जवाफमा धनगढी २० ओभरमा नौ विकेट गुमाउँदा ९० रनमा रोकियो । फितलो ब्याटिङ गरेका धनगढीले १० रन हुँदा पहिलो विकेट गुमायो भने ६५ रन बनाउदा ६ विकेट खेर फाल्यो । उसका ओपनर सुनील धमला चार रनमा आउट भए भने पहिलो खेलमा अर्धसतक बनाएका अमित श्रेष्ठले खाता खोल्न सकेनन् ।

त्यसपछि विदेशी खेलाडी रोहन मुस्तफा १८ रनमा पेभेलियन फर्किदा पवन सराफले पनि खाता खोल्न सकेनन् । एकपछि अर्को विकेट गुमाएको धनगढीका कप्तान सोमपाल कामीपनि १० रनमा आउट हुँदा सन्दिप रजाइली मात्र ११ रनमा बाहिरीए । लगत्तै अमिर हायातपनि चार रनमा पेभेलियन फर्किएपछि धनगढीले ७० रनमा सात विकेट गुमायो । लगत्तै सौरभ खनालपनि आउट हुँदा उसले उसले आठ विकेट गुमायो । अन्तत धनगढी ९० रनमा रोकियो । अन्तिम बलमा धनगढीलाइ जितकालागि ६ रन चाहिएकाे थियाे, तर राजु रिजाले प्रहार गर्न सकेनन् । उनले अविजीत २६ रन बनाए ।

अत्तरीयाको जितको आधार उसको उत्कृष्ट बलिङ र फिल्डिङ बन्यो । बलिङमा भुवन कार्कीले चार तथा सन्नी पटेलले दुई विकेट लिए । भुवनले चार ओभरमा मात्र १० रन खर्चिएर चार विकेट लिएका हुन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest