महिला विश्वकप छनाेट एशिया क्षेत्रमा नेपालले पहिलाे खेल मलेसियासँग खेल्ने

आइसीसी महिला टी–२० विश्वकपको एशिया क्षेत्र छनोटमा नेपालले पहिलो  पहिलाे प्रतिद्वन्द्धी मलेसियालाइ पाएकाे छ

फेब्रेवरी १८ तारिखबाट थाइल्याण्डमा हुने प्रतियोगिताका लागि नेपाली महिला टिम यतिबेला तयारीमा ब्यस्त रहेको छ । नेपालले प्रतियोगिताको पहिलो खेलमा मलेसिया विरुद्ध १९ फेब्रेवरीमा खेल्नेछ । थाइल्याण्ड क्रिकेट संघले सार्वजनिक गरेको खेल तालिकामा नेपालको दोस्रो भिडन्त २१ तारिखमा घरेलु टिम थाइल्याण्ड विरुद्ध हुनेछ भने तेस्रो खेलमा २२ तारिखमा युएईसँग खेल्नेछ । त्यसपछि नेपालको प्रतिद्धन्द्धी हङकङ रहेको छ ।

यस्तै लिगको पाँचौ खेलमा नेपालले चीनसँग खेल्नेछ । लिगको अन्तिम खेलमा कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । यो प्रतियोगितामा शिर्ष दुई स्थानमा रहने टिमले ग्लोबल क्वालिफार्समा खेल्नेछ । यो प्रतियोगिताका लागि नेपाली टिमको छनोट यसैसाताको अन्तिममा हुने संभावना रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest