महेन्द्रनगर विरूद्द काठमाडाैंकाे बलियाे लक्ष्य

धनगढी प्रिमियर लिग अन्तर्गत काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाईटेडलाई एक सय ३५ रनको लक्ष्य दिएको छ । फाप्ला मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले २० ओभरमा ५ विकेट गुमाउदै एक सय ३४ रन बनाए ।

आजपनि कमजोर सुरुवात गरेको काठमाडौंले आठ रन बनाउदा दुई विकेट गुमाएको थियो । उनका दुबै ओपन गौरव तमोर एक र अनिलकुमार शाह ६ रनमा आउट भए । त्यसपछि कप्तान ज्ञानेन्द्र मल्लपनि १४ रनमा पेभेलियन फर्किएपछि काठमाडौंले ३७ रनमा तेस्रो विकेट गुमायो । काठमाडौंको विकेट झर्ने क्रम यतिमा रोकिएन । उसले ५८ रन बनाउदा अरु दुई विकेट गुमाउन पुग्यो ।

महबुब आलम १३ रनमा पेभेलियन फर्किए भने सोनु तामाङ मात्र एक रनमा बाहिरीए । अन्तिममा अंकित दवास र योगेन्द्रसिंह कार्कीले अर्धसतकिए साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए । अंकितले अविजित ६६ रन बनाए भने योगेन्द्रसिंह कार्कीले अविजीत २२ रनको योगदान गरे । बलिङमा अमरसिंह रौटेलाले दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest