काठमाडाैंद्वारा महेन्द्रनगर ७ विकेटले पराजित

धनगढी प्रिमियर लिगमा अन्तर्गत काठमाडौं गोल्डेन्सले लगातार दोस्रो जित हात पारेको छ । आज भएको खेलमा काठमाडौंले महेन्द्रनगर युनाईटेडलाई सात रनले हरायो । जारी प्रतियोगितामा महेन्द्रनगरको यो लगातार दोस्रो हार हो ।

फाप्ला मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले २० ओभरमा ५ विकेट गुमाउदै एक सय ३४ रन बनायो । आजपनि कमजोर सुरुवात गरेको काठमाडौंले आठ रन बनाउदा दुई विकेट गुमाएको थियो । उनका दुबै ओपन गौरव तमोर एक र अनिलकुमार शाह ६ रनमा आउट भए ।

त्यसपछि कप्तान ज्ञानेन्द्र मल्लपनि १४ रनमा पेभेलियन फर्किएपछि काठमाडौंले ३७ रनमा तेस्रो विकेट गुमायो । काठमाडौंको विकेट झर्ने क्रम यतिमा रोकिएन । उसले ५८ रन बनाउदा अरु दुई विकेट गुमाउन पुग्यो । महबुब आलम १३ रनमा पेभेलियन फर्किए भने सोनु तामाङ मात्र एक रनमा बाहिरीए । अन्तिममा अंकित दवास र योगेन्द्रसिंह कार्कीले अर्धसतकिए साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए । अंकितले अविजित ६५ रन बनाए भने योगेन्द्रसिंह कार्कीले अविजीत २२ रनको योगदान गरे । बलिङमा अमरसिंह रौटेलाले दुई विकेट लिए ।

जवाफमा महेन्द्रनगर २० ओभरमा आठ विकेट गुमाउँदा एक सय २७ रनमा रोकियो । उसले पनि सुरुवात राम्रो गर्न सकेन । मात्र सात रन बनाउदा दुई विकेट गुमाएको महेन्द्रनगरले ५० रन पुरा गर्दा चार विकेट खेर फाल्यो । उसका दुबै ओपनर मोहम्मद नाभिदले खाता खोल्न सकेनन् भने दिलिप नाथ एक रनमा आउट भए ।

त्यसपछि आरिफ शेख १८ रनमा पेभेलियन फर्किए सुब्रमनियम आनन्द १५ रनमा बाहिरीए । त्यसपछि कप्तान शरद भेषवाकरपनि २३ रनमा आउटभएपछि महेन्द्रनगरले ६२ रनमा पाँचौ विकेट खेर फाल्यो । एकपछि अर्को विकेट गुमाएको महेन्द्रनगरले ८७ रन बनाउदा सात विकेट गुमायो । उसका रोहित पौडेल १० रन, कुशल मल्ल ६ रनमा पेभेलियन फर्किए । त्यसपछि सिद्धान्त लोहनी र अमरसिंह रौटेलाले ४७ रनको साझेदारी गर्दै टिमलाई जितको नजिक पुर्याएका थिए । जसमा अन्तिम ओभरका जितका लागि महेन्द्रनगरलाई १२ रनको आवश्यकता थियो । तर बनाउन सकेन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest