सिप्यानकाे बर्ष खेलाडीकाे अवार्ड फागुन २१ गते

नेपाल क्रिकेट खेलाडीं संघ र एनसीसीएसको आयोजनामा फागुनको २१ गते बर्षको उत्कृष्ट खेलाडी अवार्ड कार्यक्रम हुने भएको छ ।

एक पुरुष र एक महिला खेलाडी सहित समग्रमा ५ विधामा हुने पुरस्कार कार्यक्रममा उत्कृष्ट पुरुष खेलाडीले एक लाख ३२ हजार रुपैयाँ पाउनेछ । यस्तै उत्कृष्ट महिला खेलाडीले ६६ हजार, बर्षको उदयीमान खेलाडीले पनि ६६ हजार रुपैयाँ हात पार्नेछन । यस्तै मुमेन्ट अफ दी इयरको पुरस्कार राशि ६६ हजार रुपैयाँ रहेको छ ।

क्रिकेटमा योगदान पुर्याएको ब्यक्तिलाई सम्मान स्वरुप लाइफ टाइभ अचिभमेन्ट अवार्डबाट सम्मानित गरिनेछ । जसकाे पुरस्कार ६६ हजार रहेकाे छ । ५ वटौ विधाको पुरस्कारकालागि समग्रमा तीन लाख ४६ हजार रुपैयाँ लाग्नेछ । यसैविच कार्यक्रममा मुख्य प्रायोजक एनसीसीएससँग सिप्यानले प्रायोजन पनि सम्झौता गरेको छ । सिप्यानका अध्यक्ष मनिशराज पाण्डे र एनसीसीएस कलेजका शंकरराज आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest