विराटनगरद्वारा धनगढीसामु १०४ रनकाे लक्ष्य

धनगढी प्रिमियर लिगमा विराटनगर किंग्सले घरेलु टिम धनगढी स्टार्सलाई एक सय चार रनको लक्ष्य दिएको छ ।

फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय तीन रन बनायो । करण केसीको कप्तानीमा रहेको विराटनगरले निकै खराव सुरुवात गर्याे । उसले मात्र दुई रनमा ओपनर हरीशंकर शाहलाई गुमायो । त्यसपछि १२ रन हुँदा अर्का खेलाडी कुशल भुर्तेलपनि मात्र ६ रनमा आउट भए ।

त्यसपछि उसको स्कोर १९ रन हुँदा तेस्रो विकेट झर्यो । असाद पठान तीन रनमा आउट भए । त्यसको केहिबेरपछि राजेश पुलामीपनि मात्र एक रनमा आउट भएपछि विराटनगर निकै दबावमा आयो । धनगढीको बलिङका अगाडी दबावमा रहेको विराटनगरका अभिनाश यादवले सर्वाधिक २७ तथा कप्तान करण केसीले २१ रन बनाए । बाँकि खेलाडी सस्तैमा आउट भए । बलिङमा धनगढीका विपीन खत्री र सोमपाल कामीले तीन तीन विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest