साेमपालकाे टिम करणकाे टिमसँग २१ रनले पराजित

धनगढी प्रिमियर लिगमा घरेलु टिमले लगातार तेस्रो हार ब्यहोरेको छ । आज भएको खेलमा विराटनगरले धनगढीलाई २१ रनले पराजित गर्यो । हारपछि धनगढीको प्लेअफको संभावना निकै कठिन भएको छ ।

फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय तीन रन बनायो । करण केसीको कप्तानीमा रहेको विराटनगरले निकै खराव सुरुवात गरेको छ । उसले मात्र दुई रनमा ओपनर हरीशंकर शाहलाई गुमायो । त्यसपछि १२ रन हुँदा अर्का खेलाडी कुशल भुर्तेलपनि मात्र ६ रनमा आउट भए ।

त्यसपछि उसको स्कोर १९ रन हुँदा तेस्रो विकेट झर्यो । असाद पठान तीन रनमा आउट भए । त्यसको केहिबेरपछि राजेश पुलामीपनि मात्र एक रनमा आउट भएपछि विराटनगर निकै दबावमा आयो । धनगढीको बलिङका अगाडी दबावमा रहेको विराटनगरका अभिनाश यादवले सर्वाधिक २७ तथा कप्तान करण केसीले २१ रन बनाए । बाँकि खेलाडी सस्तैमा आउट भए । बलिङमा धनगढीका विपीन खत्री र सोमपाल कामीले तीन तीन विकेट लिए ।

जवाफमा धनगढी १८ ओभर ५ बलमा ८२ रनमा अलआउट भयो । फितलो ब्याटिङ गरेको धनगढीको ब्याटिङ आजपनि कमजोर बन्यो । नौ रन बनाउदा दुई विकेट गुमाएको काठमाडौका कुनैपनि खेलाडी विच गतिलो साझेदारी हुने सकेन । उसका दुई खेलाडीले मात्र दोहोरो अंक छुन सके ।

जसमा सन्दिप रजाइलीले ३४ तथा राजु रिजालले १५ रन बनाउदा बाँकी खेलाडी एकोहोरो रुपमा पेभेलियन फर्किए । धनगढीलाई कमजोर पार्न करन केसी र अभिनाश यादवले चार चार विकेट लिए । करण केसीको कप्तानीमा विराटनगरको पहिलो जित हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest