सन्दिपकाे टिम मेलबर्न सेमिफाइनलमा हाेबर्ट विरूद्द खेल्दै

बिग ब्यास लिगमा नेपाली युवा बलर सन्दिप लामिछानकाे टिम मेलबर्न स्टार्सले आज होबर्ट हुरिकेन्सबीच विरूद्द खेल्दैछ । याे खेलका लागि  स्पिनर सन्दिप लामिछाने टिममा पर्ने लगभग पक्का जस्तै छ । खेल दिउसाे सवा २ बजेबाट सुरू हुनेछ ।

ग्लेन म्याक्सवेलको कप्तानीमा रहेकाे स्टार्सले सार्वजनिक गरेको १३ सदस्यीय प्रारम्भिक टोलीकाे मुख्य खेलाडीकाे सूचिमा सन्दिप पनि परेका छन। सन्दिपले लिग चरणको अन्तिम खेलमा ११ रनमात्र खर्चिएर तीन विकेट लिएका थिए । जसका कारण मेलबर्न सेमिफाइनलमा पुगेकाे थियाे । यसअघिकाे खेलमा मैदानमा उतारेकाे टिममा मेलबर्नले निक लार्किनकाे स्थानमा चोटग्रस्त ज्याक्सन कोलम्यान परेका छन ।

एकदिवसीय र टी-२० सिरिजमा नेपाललाइ उपाधि दिलाउदा महत्वपुर्ण सदस्य रहेकाे सन्दिपले त्यसअघि बिग बास लिगमा उत्कृष्ट प्रदर्शन गर्दै चार खेलमा ८ विकेट लगेका थिए । त्यसपछि फेरी नेपालकाे सिरिज खेलेर अष्ट्रेलिया पुगेका उनले पहिलाे खेलमा केहि महंगाे बलिङ गरेका थिए । तर लिग चरणकाे अन्तिम खेलमा सन्दिपले उत्कृष्ट बलिङ गर्दै मात्र ११ रन खर्चिएर तीन विकेट हात पारेका थिए ।

जारी बीबीएलमा सन्दिपले ६ खेलमा ११ विकेट लिइसकेका छन । बिग बासमा सन्दिप कम रन दिएर धेरै विकेट लिने खेलाडीकाे सुचीमा तेस्राे स्थानमा छन । उनीभन्दा अगाडी बेन ड्र्वास्विस र डेनीयल साम्स रहेका छन । डेनीयलले ५ रन दिएर तीन विकेट लिएका छन भने बनेले सात रन दिएर तीन विकेट हात पारेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest