रूपन्देही विरूद्द अत्तरीयाद्वारा टस जितेर ब्याटिङकाे निर्णय

धनगढी प्रिमियर लिगमा अहिले रुपन्देही च्यालेञ्जर्स र अत्तरीयाबिच प्रतिस्पर्धा भइरहेकाे छ । जसमा अत्तरीयाले टस जितेर पहिले ब्याटिङ गर्ने भएकाे छ ।

जारी प्रतियोगितामा लगातार दुई खेलमा जित निकालेको रुपन्देहीले पहिलो खेलमा महेन्द्रनगर युनाईटेडलाई हराएको थियो भने दोस्रो खेलमा विराटनगर किंग्सलाई पाखा लगाएको थियो । त्यसैले पनि रुपन्देही आफ्नो जीतको यात्रालाई कायमै राख्दे प्लेअफको यात्रा बलियो बनाउन चाहन्छ ।

बसन्त रेग्मीको कप्तानीमा रहेको रुपन्देहीको जीतको यात्रालाई पुर्णविराम लगाउने लक्ष्यमा रहेको अत्तरीया पनि दोस्रो जितको खोजीमा रहेको छ । उसले पहिलो खेलमा धनगढी स्टार्सलाई हराएको थियो । दिपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको अत्तरीया प्रतियोगितामा आफ्नो जीतलाई कायमै राख्ने लक्ष्यमा छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest