अत्तरीयाासामु धनगढीकाे १२२ रनकाे लक्ष्य, दिपेन्द्रकाे अर्धशतक

धनगढी प्रिमियर लिगमा सिवाइसी अत्तरीयाले रुपन्देही च्यालेञ्जर्सलाई एक सय २२ रनको लक्ष्य दिएको छ ।

धनगढी स्थित फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अत्तरीयाले २० ओभरमा नौ विकेट गुमाउँदे एक सय २१ रन बनायो । सुरुवात राम्रो गर्न नसकेपनि अत्तरीयाका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले कप्तानी पारी खेले ।

जारी प्रतियोगितामा अर्धसतक बनाउने तेस्रो खेलाडी बने । १६ रनमा दुई विकेट गमाएको अत्तरीको पारीलाई ऐरीले उकासे । उसका ओभर जयकिशन कोल्सावाल एक रनमा आउट भए भने सुविन्धु पाण्डे १२ रनमा आउट भएका थिए । त्यसपछि रित गौतमले ऐरीसँग मिलेर ५७ रनको साझेदारी गरे । रित १२ रनमा आउट हुँदा अत्तरीयाको स्कोर ७३ रन थियो ।

त्यसपछि सन्दिप जोरा मात्र दुई रनमा आउट भए भने दिपेन्द्र ऐरी ६७ रनमा पेभेलियन फर्किदा अत्तरीयाले एक सय सात रनमा ५ विकेट खेर फाल्यो । तर त्यसपछि भने उसका कुनैपनि खेलाडीले राम्रो साझेदारी भएन । उसका पुछारका खेलाडी भुवन कार्कीले खाता खोल्न सकेनन् भने जितेन्द्रसिंह ठकुरीले तीन रन बनाए । यस्तै सन्नी पटेलले १२ रन जोडे । बलिङमा रुपन्देहीका ललित भण्डारी र विक्रम सोबले दुई दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest