महिला क्रिकेट लिग हुँदै, ५ टिमकाे सहभागिता रहेकाे प्रतियाेगिता चैत्र २२ गतेबाट

नेपालमा पहिलो पटक महिला क्रिकेट लिग हुने भएको छ । चैत्रको २२ गतेबाट हुने प्रतियोगितामा ५ वटा टिमको सहभागिता हुनेछ ।

काठमाडौंमा हुने प्रतियोगितामा विभिन्न ५ वटा शहरका नामबाट टिम तयार पारिनेछ । प्रतियोगिताको विजेता र अन्य बिस्तृत जानकारी भने अर्को कार्यक्रममा गर्ने क्विन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले बताए । चैत्र ३० गतेसम्म हुने प्रतियोगिताको आयोजना क्विन्स इभेन्ट्स म्यानेनमेन्टले गर्न लागेको हो । यसअघि पुरुष क्रिकेटको पोखरा प्रिमियर लिगको आयोजना गरेको यो संस्थानले नेपाली क्रिकेटको विकाशमा सहयोग पुगोस भनेर क्रिकेट प्रतियागिता गर्न लागेको हो ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest