बिग ब्यास लिगकाे सेमिफाइनल खेलमा सन्दिप विकेट बिहिन

नेपाली युवा बलर सन्दिप लामिछाने होबार्ट बिरुद्ध बिग ब्यास लिगकाे सेमिफाइनल खेलमा विकेट विहिन बनेका छन । उनले चार ओभरमा ३१ रन खर्चिदा विकेट लिन भने सकेनन् ।

उनले पहिलो ओभर मा ९ रन दिए । त्यसपछि दोस्रो ओभरमा उनले मात्र ६ रन दिए । उनको बलमा ब्याट्सम्यानले रिस्क लिन नखोजी एक-एक रन मात्र बटुल्न सफल भए ।

यसै गरी तेस्रो ओभरमा सन्दिपले मात्र चार रन दिए । त्यसपछि अन्तिम ओभरमा पहिलो बलमा चौका प्रहार भएता पनि दोस्रो एक रन दिएका उनले तेस्रो बल डट गरे । चौथो बलमा फेरी एक रन खर्चिएका सन्दिपले पाँचौ बलमा दुई रन दिए भने अन्तिम बलमा चौका खान पुगे ।

जारी प्रतियोगिता मा सन्दीप ले ७ खेल मा ११ विकेट लिइसकेका छन । लामिछाने विकेट बिहिन भएता पनि उनको टिमले होबार्ट सँग ६ विकेटको जित हात पारेको छ । मेल्बर्न स्टार्सले अब रेनेगेड्स र सिड्नी बिचको खेलको बिजेता सँग फाइनल खेल खेल्ने छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest