दाेस्राे फ्रेन्चाइज महिला क्रिकेट लिगकाे घाेषणा

नेपालमा महिला क्रिकेटमा निजी लगानी भित्र्याउदै दोस्रो महिला फ्रेन्चाइज लिग क्रिकेट हुने भएको छ ।

क्विन्स इभेन्ट्स म्यानेजमेन्टले विहिबार महिला च्याम्पियन्स लिग गर्ने घोषणा गरेको अर्को दिन नै एनसीएल स्पोर्टस प्रालीले अर्को फ्रेन्चाइज लिग गर्ने घोषणा गरेको छ । एनसीएल महिला टी–२० क्रिकेट लिग नाम रहेको यो प्रतियोगिता चैत्र एक देखि नौ गतेसम्म विराटनगरमा आयोजना हुनेछ । लिगमा चार शहरका चार फ्रेन्चाइज टिमहरुको सहभागिता हुनेछ ।

प्रतियोगिता विराटनगरको बैजनाथपुर क्रिकेट मैदानमा हुँने आयोजकले जनाएका छन । प्रतियोगितामा सहभागि टिमले अक्सनबाट खेलाडी छनोट गर्नेछन । यसकालागि उसले राष्ट्रिय खेलकुद परिषद्बाट स्किृती पाइसकेको छ । साथै यो कम्पनीले निकट भविष्यमा उमेर समुह र पुरुष क्रिकेटमा पनि फ्रेन्चाइज लिग गर्ने जनाएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest